धादिङ जिल्ला अस्पतालको एम्बुलेन्स दुर्घटना

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १७, २०७७

धादिङबेसी बैशाख १७ । धादिङ जिल्ला अस्पतालको एम्बुलेस नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति मन्दिर नजिक कै दुर्घटना भएको छ ।

धादिङबेसीबाट साँकोङ तर्फ जाँदै गरेको जिल्ला अस्पतालको बा २ झ २२७७ नम्बरको एम्बुलेन्स बुधबार साँझ ६ बजे दुर्घटना भएको एम्बुलेन्स चालक संघका अध्यक्ष भेषराज ठकुरीले बताए ।

एम्बुलेन्समा चालक मात्र थिए, चालक सकुशल छन्, कुनै मानविय क्षेति भएको छैन अध्यक्ष ठकुरीले बताए । फोटोः संचारकर्मी दोलख गुरुङ