प्रहरीद्वारा ज्यामरुङमा घरेलु मदिरा नष्ट

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १६, २०७७

धादिङ बैशाख १५ । प्रहरीले खहरे, गणेश स्थान र नीलकण्ठ नगरपालिका १० स्थित ज्यामरुङमा दुई दिन लगाए घरेलु मदिरा नष्ट गरेको छ ।

लकडाउनको समयमा खहरेबाट गस्तीमा गएको प्रहरीले आईतबार र सोमबार गरि १ हजार लिटर भन्दा बढी घरेलु मदिरा नष्ट गरेको ज्यामरुङबाट प्रशान्त ढउन्याले धादिङपोष्टलाई बताए ।

यसअघि प्रहरीले जफत गरेका मदिरा निश्चित ठाउँमा लगर नष्ट गर्ने गरे पनि, ढउन्याका अनुसार यस पटक जहाँ जहाँ मदिरा जफत गरियो सोही ठाउँमा नै पोखेर नष्ट गरिएको थियो ।

मदिरा सेवनका कारण समाजमा हिंसा, बलात्कार, चोरी डकैती, झैझगडा हुने भएकाले त्यस्ता घटनाहरुलाई नियन्त्रण गरि सभ्य र शान्त समाज निर्माण सँगै हरेक नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन भन्दै प्रहरीले धादिङमा घरेलु मदिरा नष्ट गर्दै आएको छ ।

ज्यामरुङमा अबैध घरेलु मदिरा, जाँड र मदिरा बनाउन प्रयोग गरिने घरेलु औषधी समेत नष्ट गरिएको प्रहरीले जनाएको छ ।