आईतबार धादिङबेसीको आईएमई शाखा खुल्ने

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २९, २०७६

धादिङबेसी चैत्र २९ । धादिङबेसी बीचबजारमा रहेको आईएमई धादिङ शाखा कार्यालय आईतबार बिहान १० बजे देखि १ बजे सम्म खुल्ला रहने धादिङ शाखाका प्रवन्धक रामचन्द्र गिरीले बताएका छन् ।


लकडाउनका कारण मारमा रहेका धादिङबासीहरुले आईएमई खुल्ला गर्न निरन्तर आव्हान गर्नु भएकोले सामाजिक दुरी कायम गर्ने गरि, आईतबार एक दिन खुल्ला गर्न लागिएको प्रवन्धक गिरीले धादिङपोष्टलाई बताए ।

धादिङबेसी बीचबजारमा दैनिक जसो भिड हुने आईएमई मात्र हैन निजी क्षेत्रका बैंकहरु समेत लकडाउनका कारण बन्द हुँदा सर्वसाधरणहरु मर्कामा छन् ।