नीलकण्ठ नगरपालिकाको अपिल

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १३, २०७६

आदरणीय नीलकण्ठ नगरबासी !
आमावुवा दाजुभाई दिदी बहिनी हरु !
विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरस संक्रमणबाट बच्न राष्ट्रिय सुरक्षा आव्हान अनुसार तपाईहरु सावधानीका साथ बसि रोग विरुद्धको अभियानमा साथ दिइरहनुभएकोमा नीलकण्ठ नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।

विश्वका ठूला र विकसित भनिएका देशहरु समेत कोरोना भाइरस नियन्त्रण गर्न असफल भैरहेको बेला उच्च जोखिम क्षेत्रको रुपमा रहेको नेपालमा यो संक्रमणबाट बच्न स्वः नियन्त्रण तथा संक्रमितको संगतबाट टाढै र अनिवार्य रुपमा घरैमा बस्नु एकमात्र विकल्प देखिएकोछ । ३ महिना अघि छिमेकी देश चीनमा देखिएको यो भाइरस अहिले विश्वका १९६ देशमा फैलिसकेको छ ।

यो छोटो अवधिमा विश्वभर झण्डै ४ लाख ६७ हजारमा कोरोना भाइरस देखिइसकेको छ भने २१ हजार भन्दा बढिले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरस संक्रमित मध्ये १ लाख १२ हजार भन्दा बढि ब्यक्ति पुर्ण रुपमा निको भएर घर फर्किएकाले पूर्ण साबधानीका साथ रोग विरुद्ध तयारी अवस्थामा रहि विचलित नहुन पनि म सवैमा आग्रह गर्दछु ।

नेपालमा आज २०७६ साल चैत्र १३ गते सम्ममा ३ जनामा मात्र कोरोना भाइरस संक्रमण को पुष्टि भएकोछ । विश्व स्वास्थ संगठनले अति जोखिम क्षेत्रको रुपमा नेपाललाई राखेकाले उच्च सतर्कता र तयारी गरि सकेसम्म नीलकण्ठ नगरक्षेत्रमा संक्रमण फैलिन नदिन नीलकण्ठ नगरपालिकाले विशेष सावधानीका साथ अभियान चलाइरहेकोछ ।

कोरोना भाइरसको विश्वब्यापी चुनौति देखा पर्ने वित्तिकै हामीले राष्ट्रिय सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डाक्टरहरुबाट नीलकण्ठ नगरक्षेत्रमा कोरोना भाइरस विरुद्धको सचेतना अभियान चलाएका थियौँ । विभिन्न माध्यमबाट ब्यापक प्रचारप्रसारका साथ हामीले यो अभियान निरन्तर गरिरहेका छौँ ।

नीलकण्ठ नगरक्षेत्रमा कोरोना संभावितलाई क्वारेन्टाइनमा राख्न हाम्रा विपत भवनहरुलाई तयारी अवस्थामा राखेका छौँ भने जिल्ला विपत ब्यवस्थापन समिति संग सहकार्य गरेर आइसोलेसन तथा संक्रमण विरुद्धको अभियानमा सक्रियताका साथ हामी लागिरहेका छौँ ।
नगरबासीलाई सहायता गर्न नगरकार्यपालिका कार्यालय, नगर स्थास्थ शाखा, माताहतका स्वास्थ संस्था चौबिसै घण्टा तयारी अवस्थामा रहेकाछन् ।

आमा बुवा दाजुभाइ दिदी बहिनीहरु,
विश्वाब्यापी माहामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणबाट आफू बँच्ने र अरुलाई बचाउने अभियानमा साथ दिन म पुनः तपाईहरु संग आग्रह गर्दछु । तपाईको घर, टोल छिमेकमा विदेशबाट आएका कोहि छन् भने उनीहरुलाई तुरुन्त सेल्फ क्वारेन्टाइन तथा आफैँ बुझेर एकान्तमा बस्न आग्रह गर्न वा हाम्रो नगरपालिकाको क्वारेन्टाइनमा राख्न सिफारिश गर्न आग्रह गर्दछु ।

नीलकण्ठ नगरबासीहरुका लागि कोरोना भाइरसका संकास्पद ब्यक्तिलाई क्वारेन्टाइनमा राख्न, आइसोलेसन अर्थात छुट्टै बासस्थान बनाएर राख्न र कोरोना भाइरसको उपचार गर्दा हुने सम्पूर्ण उपचार खर्च बेहोर्ने समेत घोषणा गर्दछु ।

जीवन रहेमात्र विकासका पुर्वाधार र सेवा सुविधाको कुरा आउने भएकाले नगरपालिका यो संकटको घडिमा नगरबासीको जीवन रक्षाका लागि आफ्नो सम्पूर्ण साधन श्रोत र सामथ्र्य समर्पित गर्न चाहन्छ । संपूर्ण खर्च नगरपालिकाले गर्ने भएकाले आफ्ना नजिकका शंकास्पद ब्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था छ भने पठाउन तथा कुनै कोरोना भाइरसको लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ केन्द्रमा सम्पर्क गर्न अनुरोध छ । अप्ठेरो अवस्थामा नीलकण्ठ नगरपालिकाको स्वास्थ संस्थाहरुमा सम्पर्क गर्न वा नगर कार्यपालिका कार्यालयको टेलिफोन नंबर ०१०५२०५६८ मा सम्पर्क गर्न समेत आग्रह गर्दछु ।

तपाईलाई १०० डिग्री भन्दा बढिको ज्वारो आउने, सुख्खा खोकी लाग्ने र स्वास फेर्न गाह्रो हुने लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ संस्थामा सम्पर्क गर्न अनुरोध गर्दछु ।

अन्तमा गलत तथा भ्रामक समाचारको पछि नलाग्न, सामाजिक सञ्जालमा भ्रामक समाचार तथा सन्देशहरु पोष्ट, सेयर तथा कमेन्ट नगर्न, तोकिएको अवधि सम्म घरभित्रै बस्न, भिडभाड नगर्न, साबुन पानीले कम्तिमा २० सेकेण्ड मिचिमिचि हात धुन, स्यानीटाइजर प्रयोग गर्नुहुन, खोक्दा र हाच्छीउँ गर्दा मुख छोप्न, सकेसम्म आफ्नै मुख, नाक र अनुहारमा हातले नछुन र सुरक्षित मास्कको प्रयोग गर्न सवैलाई अनुरोध गर्दछु ।

तपाईका हरेक अप्ठेरा परिस्थितिमा नीलकण्ठ नगरपालिका सधैँ साथमा रहने प्रतिबद्धता दोहोरुयाउँदै तपाई सवैको सुस्वास्थको कामना गर्दछु । जय नेपाल !