
धादिङ चैत्र १२ । धादिङ जिल्ला अस्पतालमा मंगलबार १० सेट पीपीई (प्रशनल प्रोटेक्टिभ इकुमेन्ट) आएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले बताएका छन् ।
विश्व नै जोखिममा रहेको कोरोना भाईरस संक्रमण रोकथा तथा नियन्त्रणका लागि स्वस्थ्यकर्मीलाई नभई नहुने पीपीई जिल्ला अस्पतालमा यस अघि जम्मा ४ सेट थियो मंगलबार १० सेट आएको छ यो जिल्ला अस्पतालको लागि प्रयाप्त हैन थप आउँदै गर्छ, अध्यक्ष धमलाले धादिङपोष्टलाई बताए ।
पीपीई नहुँदा स्वास्थ्यकर्मीहरु जोखिकका बाबजुतमा काम गर्न वाध्य थिए । झन जोखिम चाहि उपचारमा संलग्न डाक्टर नै संक्रमित बने भने उनीहरु मार्फत संक्रमण फैलने सम्भावना बढी हुने भएकोले डाक्टरहरुले पीपीईको माग गर्दै आईरहेका थिए ।
मेडिकल सुपरटेन्ट विदामा, दुई डाक्टरले जागिर छाड्दा, दरबन्दी खाली
जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्ट डा. त्रिभुवनचन्द्र झा विगत १५ दिन देखि विदामा छन् ।
अध्यक्ष धमलाले डा. झा सम्पर्कमा नै छन् तर श्रीमतीको सल्यक्रियाको लागि भारत गएको र उतै लकडाउनमा परेकोले आउन समस्य भएकोले बताए ।
स्थायी दरवन्दीका दुई डाक्टरहरु डा. निति प्रसाई र डा. दिपा बोहोरा यसअघि नै जागिर छाडेर गाईसकेको र अहिले सम्म त्यो ठाउँमा डाक्टरहरु नआएको बताईएको छ ।
अहिले जिल्ला अस्पताल धादिङमा स्थायी दरवन्दीमा डा. सफलतादेवि कोजु मात्र छिन् ।
धादिङमा कोरोना भाईरसको संन्त्रास
विश्वलाई नै आतङ्कित बनाई रहेको कोरोना भाईरसको संक्रमण रोक्न सरकारले लकडाउन गरि सकेको छ, तर पनि धादिङमा पछिल्लो समय विदेशबाट आएका त्यसमा पनि लकडाउनको अघिल्लो दिन भारतबाट आएका व्यक्तिहरुका कारण कोरोनाको संक्रमण देखा पर्न सक्ने आशंकाहरु गरिएको छ ।
यति नै संख्यामा अन्यत्र देशबाट व्यक्तिहरुको धादिङ भित्रिए भन्ने अभिलेक देखिँदैन ।
मंगलबार मात्र स्थानियले खवर गरेपछि एउटै गाउँबाट भारतबाट फर्किएका ११ जनालाई धादिङबेसी स्थित क्वारेन्टाईनमा राखिएको छ । खाल्टे, धुवाँकोट, ज्यामरुङ, सल्यानटार, जोगिमारा लगायतका ठाउँहरुमा पनि केहि दिन पहिला केहि व्यक्तिहरु भारतबाट घर फर्किएको बताईन्छ ।
विदेशबाट घर फर्किदैमा होस् या क्वारेन्टाईनमा रहँदा डराईहाल्नु पर्दैन, होसियारी अपनाऔं अहिले भेटघाट बन्द गरौं, घर बाहिर ननिस्कऔं । खोकी लाग्ने, ज्वरो आउने भयो भने तुरुन्त स्वास्थ्य कार्यालयमा खबर गर्नु पर्ने चिकित्सकहरु बताउँछन् ।