
चितवन चैत्र ११ । कोरोना भाईरत रोकथाम तथा नियन्त्रणको लागि सरकारले सुरुगरको लकडाउन उलङ्घन गरेको आरोपमा १० जना पक्राउ परेका छन् ।
लकडाउनको अवज्ञा गर्दै बिना कामकाज घरबाट बाहिर निस्किएका व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।
धादिङमा भने अहिले सम्म कसैलाई पक्राउ नगरिएको र अत्यावश्यक काममा घर बाहिर निस्केका मानिसहरुलाई अनिवार्य माक्स लगाउन आग्रह गरिएको प्रहरीले जनाएको छ ।
