
धादिङबेसी चैत्र १० । जिल्ला प्रशासन कार्यालय धादिङले आईतबार सूचना जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु अनिवार्य बन्द गराउन भने पनि धादिङबेसीमा सूचना कार्यान्वयन भएको छैन ।
तोकिएका अत्यावश्यक सेवा भन्दा बाहेका सेवाहरु संचालनमा आएपनि धादिङबेसीमा न प्रशासनले अनुगमन गरेको देखिन्छ, न प्रहरीले माईकिङ वा अन्य तरिकाले बन्द गराउन अभिप्रेरित गरेको देखिन्छ ।
धादिङबेसीमा सुनचाँदी पसल, कपडा पसल, पुल हाउस जस्ता सबै प्रकारका पसलहरु बन्द छैनन् बन्द भए नभएको अनुगमनमा पनि सराकारवाला निकायले ध्यान दिएको देखिँदैन ।
धादिङबेसीबाट अन्य जिल्लामा जाने सार्वजनिक यातायातका सवारी साधनलाई प्रहरीले रोकेको छ भने धादिङबेसीका अधिकाँश अत्यावश्यक बाहेका पसलहरु समेत संचालनमा छन् । सूचना त जारी भयो तर बन्द गराउन नागरिक सम्म दवाव नआएकोले बन्द नभएको स्थानिय व्यवसायीहरु बताउँछन् ।

सरकारले ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गर्न आव्हान गरि सकेको छ।’
यी हुन् अत्यावश्यक सेवा, यी सेवा बन्द गराउन पाईदैन
सरकारले राजपत्रमा उल्लेख गरे अनुसार हुलाक, डाँक, अस्पताल, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, विद्युत, औषधि निर्माण तथा वितरण, फोहोर मैला संकलन, दाल चामल-नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी तथा पैठारी, पेट्रोलियम भण्डारण लगायतका सेवा अत्याश्वक सेवा हुन् ।
