बेनिघाट रोराङद्वारा विद्यालयलाई परियोजना पेस गर्न सूचना जारी

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २८, २०७६

धादिङ फागुन २८ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि परियोजना पेश गर्न विद्यालयहरुलाई आग्रह गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाले विभिन्न १२ वटा शिर्षकलाई विशेष प्राथमिकतामा राखेर विद्यालयलाई परियोजना पेस गर्न गाउँपालिकाले सूचना नारी गरेको हो ।

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा पेश गर्नु पर्ने उक्त परियोजनाको प्रस्ताव ढाँचा www.doe.gov.np राखिएको सूचनामा उल्लेख छ ।

सूचना जस्ताको तस्तै