नेपाल प्रेस युनियन धादिङको अध्यक्षमा पुन: पोषनाथ अधिकारी चयन

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २३, २०७६

धादिङबेसी फागुन २३ । नेपाली काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन धादिङले अधिवेशन उद्घाटन भएको १७ महिना पछि नयाँ नेतृत्व पाएको छ ।

प्रेस युनियन धादिङको नयाँ नेतृत्वको अध्यक्षमा गत कार्यकालका अध्यक्ष पोषनाथ अधिकारी नै पुन चयन भएका हुन् । यस्तै उपाध्यक्षमा कृष्ण शिशिर र गोमा थापा तथा सचिवमा मनिश दुवाडी चुनिएका छन् ।

०७५ को असोजमा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाद्वारा उद्घाटन गरिएको प्रेस युनियन धादिङको ८ औ अधिवेशनमा ३ जना (पोषनाथ अधिकारी, कृष्ण शिशिर र मनिश दुवाढी) ले अध्यक्षपद दावी गरे सँगै स्थगित भएको थियो ।

आठौं जिल्ला अधिवेशन निर्वाचित कार्यसमिति

१. अध्यक्ष: पोषनाथ अधिकारी
२. उपाध्यक्ष: कृष्ण शिशिर
३. उपाध्यक्ष महिला: गोमा थापा
४. सचिव: मनिष दुवाडी
५. कोषाध्यक्ष: दीपा अधिकारी
६. सहसचिव: सन्तोषराज श्रेष्ठ
७. सदस्य: मोहनबहादुर कडेल
८. सदस्य: सिर्जना लम्साल
९. सदस्य: प्रमोद भट्ट
१०. सदस्य: सरिता नेपाली
११. सदस्य: कल्पना श्रेष्ठ
१२. सदस्य: सीता सापकोटा
१३. सदस्य: मनिष श्रेष्ठ
१४. सदस्य: विश्वदीप डल्लाकोटी

केन्द्रीय पार्षद्
१. सीतारामप्रसाद बर्मा
२. राजेन्द्रप्रताप शाह
३. दीपक कोइराला
४. कृष्ण शिशिर
५. मनिष दुवाडी
६. मोहनबहादुर कडेल
७. काजी श्रेष्ठ
८. प्रमोद भट्ट
९. ठाकुर गुरुङ
१०. सीता अधिकारी
११. हरि सिलवाल
१२. दीपा अधिकारी
१३. गोमा थापा
१४. शिखा श्रेष्ठ
१५. रीता लम्साल