
काठमाडौं फाल्गुन २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी भएका छन् ।
सचिवालय स्रोतका अनुसार, रुघा खोकीका कारण प्रचण्ड बिरामी भएकोले भेटघाटको कार्यक्रम समेत बन्द गरिएको छ ।
डराई हाल्नु पर्ने बिरामी हैन, सामान्य रुघाखोकी मात्रै हो’ चिकित्सकको सल्लाह अनुसार प्रचण्ड केही दिन घरमै आराम गरेर बस्ने र अरुसँग भेटघाट समेत नगर्ने बताईएको छ ।
