टर्कीमा भूकम्प जाँदा ८ जनाको मृत्यु

Avatar photo
Dhadingpost
फाल्गुन १२, २०७६

एजेन्सी, फागुन १२ । टर्कीको पूर्वी भागमा रहेको भान प्रान्तमा आइतवार भूकम्प जाँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

भूकम्पको म्याग्निच्युड ५. ७ रहेको सरकारी अधिकारीहरूले बताए । गृहमन्त्री सुलेमान सोयलुले मृतकहरूमा कम्तीमा तीनजना शिशु रहेको बताए । एक हजारभन्दा बढी भवनहरू भत्केको र खोजी तथा उद्धार कारवाही चलाइएको जानकारी पनि उनले दिए ।

टर्की र इरानको सीमामा रहेको क्षेत्रमा लगभग ४३ गाउँलाई भूकम्पले असर पारेको टर्कीका सञ्चार माध्यमले जनाएका छन् ।