पूर्व सभामुख महरा निर्दोश ठहर

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ५, २०७६

काठमाडौं फागुन ५ । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई निर्दोश ठहर गरे सँगै उनी रिहा भएका छन् ।

जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले अभियोग दाबी नपुग्ने भन्दै उनलाई निर्दोष ठहर हो ।

डिल्ली बजार कारागाबारट रिहा हुनुअघि उनलाई पूर्व आइजीपी रमेशचन्द ठकुरी र सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालाले खादा र माला लगाएर बिदाइ गरेका थिए । उनी ढाका टोपी र कोटमा सजिएर जेलबाट निस्किएका थिए ।

कारागारबाट निस्कँदै गर्दा महराले म यहाँ कारागार १०३ दिन बसेँ। एकदमै राम्रो वातावरण पाएँ, कैदीहरुसँग पनि पारिवारिक सम्बन्ध भएको बताएका थिए ।

प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो ।