
धादिङ माघ २६ । धादिङबेसी स्थित खुल्ला मञ्च टुडिखेलमा हुने सातौं धादिङ महोत्सव ‘जिपलाइन’ को मज्जा लिन पाईने भएको छ ।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा फागुन २ गतेदेखि १३ गतेसम्म हु्ने महोत्सवमा ‘जिपलाइन’ को मज्जाको मज्जा लिन पाईने भएको हो ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादन, नीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन मुख्य आकर्षण हुने महासचिव लोकनाथ डल्लाकोटीले धादिङपोष्टलाई बताए ।
महासचिव डल्लाकोटीका अनुसार शाहसिक पर्यटकीय प्रडक्ट मानिने तारमा झुण्डिएर रोमान्चक यात्रा गर्न सकिने ‘जिपलाइन’ महोत्सव अवलोकन कर्ताहरुको लागि नयाँ अनुभव हुने बताए ।
महोत्सव फागुन २ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
