चौथो इन्डो नेपालमा धादिङलाई ६ स्वर्ण

Avatar photo
Dhadingpost
माघ १९, २०७६

धादिङ माघ १९ । जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघ चितवनले आयोजना गरेको चौथो इन्डो नेपाल कराते च्याम्पियनसीपमा धादिङका ६ जनाले स्वर्ण पदक जितेका छन् ।

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा शनिबार सम्पन्न उक्त प्रतियोगितामा धादिङबाट विभिन्न उमेर समुहका १४ जना खेलाडीले भाग लिएको मा ६ जनाले स्वर्ण, दुई रजत र पाँच कास्य पदक जितेका थिए ।

धादिङका खेल प्रशिक्षक दिपक रानाका अनुसार नेपाल र भारत बीच भएको यस प्रतियोगितामा धादिङबाट सहभागि भएका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

माघ १६ देखि १८ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल र भारतका गरी ३५० जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

यी हुन् धादिङबाट पदक जित्ने खेलाडी
१. रुपेन आलेमगर (६-८ वर्ष) स्वर्ण
२. सन्देश श्रेष्ठ .(९-१० वर्ष) स्वर्ण
३. सम्पूर्ण श्रेष्ठ (९-१० वर्ष ) स्वर्ण
४. सुजन भारती (११-१२ वर्ष ) स्वर्ण
५. सरोज तामाङ (१०-११ वर्ष ) स्वर्ण
६. सिजेन तामाङ स्वर्ण

७. एलिश अधिकारी (१२-१३ वर्ष ) रजत
८. सुगम तामाङ (११-१२ वर्ष ) रजत
९. नियोन श्रेष्ठ (८-९ वर्ष ) कास्य
१०. अन्जन श्रेष्ठ (११-१२ वर्ष ) कास्य
११. आर्नव रेग्मी (७-८ वर्ष ) कास्य
१२. शनिष श्रेष्ठ (१३-१४ वर्ष ) कास्य
१३. मनोज तामाङ (१२-१३ वर्ष ) कास्य

१४. राजन तामाङ कास्य