जवाङका किसानलाई सुन्ताला टिप्न भ्याई नभ्याई (फोटो फिचर)

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १७, २०७६

धादिङ माघ १७ । धादिङको बेनिघाट रोराङ गाउँपालिको जोगिमारा जवाङका सिसानहरुलाई यतिबेला सुन्ताला टिप्न भ्याई नभ्याई छ ।

बागमती प्रदेशले सुन्तला पकेट क्षेत्रको रुपमा घोषणा गरेको जवाङका किसानहरुको मुख्य आम्दानीको श्रोत सुन्तला खेती नै हो ।

असाध्यै मिठो स्वाद र रसिलो सुन्तला फल्ने जवाङका किसानहरुले वार्षिक २० लाख सम्म यहि सुन्तलाबाट आम्दानी गर्ने गर्दछन् ।

धादिङ र चितवनको सिमानामा रहेको मुवाखोला हुँदै मोटरबाटोबाट १ घण्टामा पुगिने जवाङमा बुधबार गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) र उप प्रमुख देवि सिलवाल सल्लाहकार मणि गुरुङ, वडा अध्यक्ष अम्मर गुरुङ किसानहरुलाई भेट्न जवाङ् पुगको थिए ।

सुन्तला टिपि रहेका किसानले गाउँपालिका अध्यक्ष डल्लाकोटीलाई यस पटक सुन्तला खेतीबाट लाखौ घाटा भएको गुनासो गरेका थिए । केहि दिन पहिला परेको पानीका कारण सुन्ताला रुखमै कुहिएर खेर गएकोले घाटा लागेको बताएका थिए ।

गाउँ सम्म सडक आईपुगेकोमा खुसी छौ, तर चिस्यान केन्द्र भएको भए सुन्तला लगायतका अन्य तरकारीबाट मनग्य आम्दानी गर्न सकिन्थ्यो प्रमुख डल्लाकोटी सामु किसानहरुले माग राखेका थिए ।

यहि वर्षबाट प्रदेश सरकारको सहयोगका चिस्यान केन्द्र बन्न लागेको बताउँदै अर्को सालबाट किसानले उत्पादन गरेका तरकारी तथा फलफुल सुरक्षाको जिम्मा गाउँपालिकाले लिने बताएका थिए ।

किसानलाई बिरुवा, औषधि र मलमा अनुदान दिँदै आएको गाउँपालिकाले कृषक तालिम केन्द्रको लागि १०७ रोपनी जग्गा खरीद गरि तालिम केन्द्र समेत बनाउँदै छ ।