एनएफपीजेकाे फाेटाे पुस्तक विमाेचन

Avatar photo
Dhadingpost
सोमवार, माघ ६, २०७६

काठमाडौं माघ ६ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय फाेटाे पत्रकार समुह (एनएफपीजे) ले प्रकाशन गरेकाे फाेटाे पुस्तक विमाेचन गरेका छन् ।

एनएफपीजेले फाेटाे प्रतियाेगिता गरि छानिएका फाेटाेहरु समाबेस गर्दै प्रकाशन गरेकाे फाेटाे पुस्तक साेमबार भव्य कार्यक्रमका बीच मन्त्री भट्टराईले विमाेचन गरेका हुन् ।

प्रतियोगितमा कपिलवस्तु स्थित कान्तिपुर दैनिकका  मनोज पौडेलले प्रथम स्थान हासिल गरी रु २५ हजार राशीको पुरस्कार जिते ।

यसैगरी मुगुका कविराज कार्की द्धितिय भई नगद रु  २० हजार र सुनिल शर्माल तृतिय भई नगद रु १५ हजार सहित पुरस्कार पाए ।

त्यसैगरी प्रदेश नं. १ वाट भवानी शिलाकार, प्रदेश नं. २ बाट सुशिल श्रेष्ठ, वागमति प्रदेशबाट आर्यन धिमाल, गण्डकी प्रदेशबाट राधिका कडेल, प्रदेश नं. ५ बाट अमरराज पुन, कर्णाली प्रदेशबाट हिक्मतवहादुर नेपाली र सुदूरपश्चिम प्रदेशबाट विनोद सिंह विष्टले प्रदेश स्तरिय उत्कृष्ट फोटो पुरस्कार पाए ।

विजेता सबैलाई मन्त्री भट्टराईले नगद रु १० हजार रुपिया सहित पुरस्कार वितरण गरेका थिए ।

समूहका महासचिव प्रदीपराज वन्तका अनुसार पुस्तकमा समूहका सदस्य तथा फोटोपत्रकार र फोटोग्राफरहरुले नेपालको सस्कृति, कला, पर्यटन झल्कने खालक करिव २०० कितावमा समाबेस गरिएकाे छ ।