बेनिघाट रोराङद्वारा जेष्ठ नागरिकलाई ब्लाङ्केट प्रदान

Avatar photo
Dhadingpost
आइतवार, माघ ५, २०७६

धादिङ माघ ५ । बेनिघाट रोराङ गाउँपालिकाले सबै वार्डका जेष्ठ नागरीकलाई ओड्ने ‘ब्लाङ्केट’ बाड्न सुरुगरेको छ ।

चिसो बढे सँगै सबै वडामा ९ गते सम्म जेष्ठ जागरिकलाई ओड्ने’ब्लाङ्केट’ बाँढी सक्ने गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले बताएका छन् ।

आईतबार चरौदीमा जेष्ठ नागरिक समाजले आयोजना गरेको कार्यक्रममा ४८ वटा खुल्ला बजारमा ३ हजार पर्ने ‘ब्लाङ्केट’ गाउँपालिकाका प्रमुख डल्लाकोटीले जेष्ठ नागरिकहरुलाई प्रदान गरेका हुन् ।

जन्मे पछि मृत्यू अनिवार्य छ, मान्छे मृत्यूलाई विर्सेर अगाडी बढुने क्रममा जेष्ठ नागरीक हुन्छु भन्ने समेत भुल्ने गरेका बताउँदै जाडो मौसममा चिसोका कारण स्वास्थ्यमा प्रतिकूल असर पुग्ने भएकाले सहजता होस् भनेर ‘ब्लाङ्केट’ प्रदान गरिएको गाउँपालिका प्रमुख डल्लाकोटीले बताए । उनले जेष्ठ नागरीक कस्तो अवस्थामा छन् निरन्तर गाउँपालिकामा जानकारी गराउन समेत वडा अध्यक्षहरुलाई प्रमुख डल्लाकोटीले निर्देशन दिएका थिए ।

जेष्ठ नागरिक समाजका अध्यक्ष महेन्द्र डल्लाकोटीको सभापतित्वमा भएको ‘ब्लाङ्केट’ वितरण कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण भट्टराई, शिक्षा अधिकारी बोधराज पाठक लगायतको समेत सहभागिता रहेको थियो ।