गजुरीबाट लागुऔषध सहित दुईजना पक्राउ

Avatar photo
Dhadingpost
शनिबार, माघ ४, २०७६

धादिङ माघ ४ । धादिङको गजुरीबाट प्रहरीले शुक्रबार लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गजुरी प्रहरी निरिक्षक भोजराज पाण्डेय नेतृत्वमा खटिएको टोलिले काठमाण्डौबाट लम्जुङतर्फ जादै गरेको ना ६ ख १७६० नम्बर बसबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनँहु बन्दिपुर नगरपालिका १ का १९ वर्षिय हेमन्त गुरुङ सोहि ठाउँ बस्ने १८ वर्षिय सन्दिप परियार छन् उनीहरुको झोला खानतलास गर्ने क्रममा लागुऔषध SPASMO २००० Tab. र TRAMADOL ४५०० cap फेला परेको प्रहरीले जनाएको छ ।