माघ ९ देखि जिल्ला स्तरीय तेक्वादो प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
बिहिबार, माघ २, २०७६

धादिङ माघ २ । नेपाल तेक्वान्दो संघ धादिङको आयोजनामा माघ ९ गते देखि धादिङबेसीमा प्रथम जिल्ला स्तरीय ओयो कप तेक्वादो प्रतियोगिता हुने भएको छ ।

नेपालमा लोक प्रिय बन्दै गएको तेक्वान्दोको प्रवद्र्धन गर्ने गरि प्रतियोगिता आयोजना हुन लागेको नेपाल तेक्वान्दो संघ धादिङका अनिष अधिकारीले बताए ।

राष्ट्रिय तथा अन्तराष्ट्रि प्रतियोगिताहरुमा समेत सहभागि बनेर मेडल जिति सकेका खेलाडीहरुको सुचि हेर्दा पनि सहज अनुमान लगाउन सकिन्छ तेक्वान्दोको अवस्था धादिङमा कस्तो छ, यो लोकप्रियता सँगै हामी थप खेलाडी उत्पादनका लागि प्रतियोगिता गर्न लागेका हौं नेपाल तेक्वान्दो संघ धादिङका अधिकारीले धादिङपोष्टलाई बताए ।

धादिङबेसी स्थित कभर्डहलमा विभिन्न तौल समुहका खेलाडी बीच माघ ९ गते देखि ११ गते सम्म यो प्रतियोगिता संचालन हुनेछ ।