
धादिङ माघ २ । जापानको जापानको युसुहारा र नीलकण्ठ नगरपालिका बीच साझेदारी विकासका लागि द्विपक्षिय सम्झौता भएको छ ।
विगत केहि वर्ष पहिले देखिको तयारीले बल्ल पुर्णता पायो, अब युसुहारा र नीलकण्ठ बीच विकासका मोडलहरु आदान प्रदान हुने छन् र विशेषत निलकण्ठ नगरपालिकामा जापनिज मोडलमा विकास गर्ने बाटो खुलेको सहमति पत्रमा हस्ताक्षर गर्न जापान पुगेका नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले धादिङपोष्ठलाई बताए ।
बुधबार एक कार्यक्रमका बीच जापानमा नीलकण्ठ नगरपालिका र युसुहार नगरपालिकाका प्रमुख बीच हस्ताक्षर भएको हो । नीलकण्ठ नगरपालिकाको पुर्वाधार विकास, शिक्षा, कृषि, आर्थिक र पर्यटन क्षेत्रको विकासको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यसुहारा नगरपालिकाको निमन्त्रणामा यतिबेला नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना र प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पौडेल जापानमा छन् ।