फ्याक्सेको गोरुजुधाईमा २ लाख भन्दा बढी सहयोग प्राप्त (फोटो फिचर)

Avatar photo
Dhadingpost
बुधबार, माघ १, २०७६

धादिङ माघ १ गते । धादिङको नीलकण्ठ नगरपालिका ५ खाल्टे फ्याक्सेमा माघे संक्रान्तिको अवसरमा गोरुजुधाई कार्यक्रम सम्पन्न भएको छ ।

चमेरे गुफा संरक्षण समितिको आयोजना भएको उक्त प्रतियोगितामा एनआएनएका सह कोषध्यक्ष धादिङका लोक दाहालले नगद १ लाख र स्थानीय समाज सेवी युवाराज खतिवडाले १ लाख ५० हजार सहयोग गरेका छन् ।

कार्यक्रममा भिजिट नेपाल वर्ष २०२० को अवसरमा नेपाल आएका बेल्जियमका पर्यटकहरु समेत गोरुजुधाई प्रतियोगिता हेर्न खाल्टे फ्याक्से पुगेका थिए । प्रत्येक वर्ष हुँदै आएको यस प्रतियोगितामा यस वर्ष ७ हल गोरु जुधाईएको थियो ।

चमेरे गुफा संरक्षण समितिका अध्यक्ष प्रितम श्रेष्ठको सभापतित्व तथा दिपक कुमार श्रेष्ठ र रोशन श्रेष्ठको संचालनमा भएको उक्त कार्यक्रममा नीलकण्ठ नगरपालिकाका वडा अध्यक्षहरु रामकुमार श्रेष्ठ, गणेश गुरुङ, उद्धव रिजाल, पर्यटन व्यवसायीहरु सरोज न्यौपाने, पेमानर्ब लामा, हरि बरुवाल लगायतको आतिथ्यता रहेको थियो ।

समाज सेवी युवराज खतिवडा र लोक दाहाल सहितको टिमलाई कार्यक्रम स्थलमा पन्चेवाजा बजाएर भव्य स्वागत गरेको आयोजकले निम्ता गरेका सक्कीगोनीका हास्य कलाकारहरुले थप मनोरञ्जन दिएका थिए ।

चमेरे गुफा संरक्षण समाजका अध्यक्ष प्रीतम श्रेष्ठले सहयोगी दाताहरुलाई धन्यवाद दिदै आफ्नो समाज दाताहरुको सहयोगकै भरमा छैठौ संस्करणको गोरुजुधाई महोत्सव तथा सांस्कृतीक कार्यक्रम सम्म आइपुगेको वताए । चमेरे गुफा संरक्षण समाजले नीलकण्ठ ५ फ्याक्सेमा पर्यटन भित्रयाउनका लागी गोरु जुधाइ प्रतियोगिता संगै साविकको खाल्टे नीलकण्ठ १ र ५ मा रहेको चमेरे गुफा, हिरामोती गुफा, पातले होम स्टे र गुम्वा, घुमाउने डांडा र वर्षा याममा देखीने वेतिनी छांगो र पातले छांगोको प्रचार प्रसारमा समेत जोड दिदै आएको श्रेष्ठले वताएका थिए ।