युवराज खतिवडाद्वारा गोरु जुधाई कार्यक्रममा डेढ लाख भन्दा बढी सहयोग

Avatar photo
Dhadingpost
बुधबार, माघ १, २०७६

धादिङ माघ १ गते । धादिङको नीलकण्ठ नगरपालिका ५ खाल्टे फ्याक्सेमा आयोजित माघे संक्रान्तिको अवसरमा आयोजित गोरुजुधाई कार्यक्रमका विशेष अतिथि स्थानिय समाजसेवी युवराज खतिवडाले मेला कार्यक्रम व्यवस्थापनको लागि १ लाख २० हजार, कार्यक्रममा सहभागि दुई टिम पन्चेबाजा समुहलाई १०-१० हजार, प्रत्येक गोरु धनीहरुलाई २-२ हजार प्रत्सोहान स्वरुप प्रदान गरेका थिए ।

यस्तै खतिवडाले कार्यक्रम स्थल सँगै रहेको पंचकन्या माविलाई २ थान ल्यापटप समेत प्रदान गरेका थिए । कार्यक्रममा सुन्दर नृत्य देखाएको भन्दै दिक्षा ठकुरीलाई २ हजार प्रदान गरेका उनले आफुले कमाएको केहि प्रतिशद समाज सेवामा लगाउन लगाउने गरेको बताएका थिए ।

पोखरामा रहेर व्यवसाय गर्दै आएका खतिवडाले नियमित रुपमा माघे सक्रान्ति मेलामा सहयोग गर्दै आई रहेकोमा धन्यावाद दिँदै सम्मान समेत गरेको थियो ।