नेता माेहन कार्की सत्तारुढ दल नेकपामा प्रवेस

Avatar photo
Dhadingpost
शनिबार, पुस २६, २०७६

धादिङ पुस २६ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका पाेलिटब्युराे सदस्य माेहन कार्की (जिवन्त) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेस गरेका छन् ।

शनिबार बिहान नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमका बीच उनी नेकपामा प्रवेश गरेका हुन् ।

चन्द समूहका कार्की लगायत नेता, कार्यकतालाई अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका थिए । स्वागत कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, नेताहरु देवेन्द्र पौडल, अग्नि सापकोटा, हितमान शाक्य लगायत उपस्थित थिए ।

विप्लव नेकपा माथि सरकारले प्रतिबन्ध लगाए पछि कार्की लगायत थुप्रै उच्चस्तरका नेता पक्राउ परेका थिए । तर पक्राउ पछि रिहा हुने कार्की उच्चस्तरका पहिलो नेता समेत हुन् । कार्कीले चन्द समूहबाट क्रान्ति पार नलाग्ने बताउँदै आफू नेकपामा प्रवेश गरेको बताए । जनयुद्ध संचालन गर्दा धादिङको संस्थापक नेता मध्येका कार्की केही समय देखि नेकपामा निस्कृय जस्तै रहँदै आएका थिए ।