लागु औषध मुद्दामा फरार बुद्धि बहादुर नेपाली पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २५, २०७६

धादिङ पुस २५ । जिल्ला प्रहरीले मुद्धा लागेर फरार रहेको पुराना पुराना प्रतिवादीहरुलाई एउटा अभियान नै चलाएर पक्राउ गर्ने गरेको छ । यसै क्रममा बिहिबार जिल्ला अदालतले लागु औषध गाँजा मुद्धामा सजायँ सुनाईएका फरार बुद्धि बहादुर नेपालीलाई पक्राउ गरेको छ ।

गल्छी गाउँपालिका ३ सार्की टोल बस्ने वर्ष ७० वर्षिय (हाल) नेपालीलाई २०७१ बैशाख १ गतेको फैसलाले १ वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर फैसला गरेको थियो ।

उनी सजाय भुक्तानका लागि नआई फरार रहेकोले पक्राउ गरी कार्वाही चलाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।