कालिदहमा दुई बस ठोकिदा १८ जना घाईते (घाईतेको नामावली समेत)

Avatar photo
Dhadingpost
बिहिबार, पुस २४, २०७६

धादिङ पुस २४ । धादिङको सिद्धलेक गाउँपालिका स्थित कालिदह नजिकै दुई यात्रुबहाक बस ठोकिँदा १८ जना घाईते भएका छन् ।

काठमाण्डौंबाट धादिङ आउदै गरेको बा २ ख ५२१२ र खनियाँवास गाउँपालिका स्थित दार्खाबाट पोखरा जादै गरेको ना ६ ख ८५७६ नम्बरका दुई बस एक आपसमा ठोकिएर दुर्घटना हुँदा १८ जना घाईते भएका हुन् ।

घाईते ३ जना नेत्रावती गाउँपालिका १ का १८ वर्षिय सुरती पन्त, लपाङफेदीका ४५ वर्षिय उमा पन्त र त्रिपुरासुन्दरी ३ का १६ वर्षिय कुरीशा थापालाई उपचारको लागि भने काठमाडौँ लगिएको छ भने १५ जना घाईतेहरुको धादिङ अस्पतालमा उपचार भईरहेको धादिङ प्रहरीले जनाएको छ ।

घाईतेहरु
१. १८ वर्षिय नेत्रावती गाउँपालिका १
२. ७ वर्षिय विरेन्द्र थापा नेत्रावती गाउँपालिका १
३. ९ वर्षिय सुज्ञात थापा, नेत्रावती २
४. २१ वर्षिय निशा थापा, निलकण्ठ नगरपालिका २
५.२३ वर्षिय केशव नेपाली, तनहुँ जिल्ला भानु नगरपालिका ५
६. २१ वर्षिय नविना अछामी, लपाङफेदी
७. ४५ वर्षिय उमा पन्त, त्रिपुरासुन्दरी १
८. २० वर्षिय अनिता दराई, गजुरी ३
९. ४८ वर्षिय विष्णुहरी प्रजा, गोर्खा धावा ४
१०. ४५ वर्षिय चन्द्रमान तामाङ, गोर्खा धावा ४
११. ११ वर्षिय मनिल तामाङ, थाक्रे १
१२. २० वर्षिय सिर्जना तामाङ, त्रिपुरासुन्दरी ३
१३. १६ वर्षिय कुरीशा थापा, ज्वालामुखी ५
१४. २७ वर्षिय अन्जु गैरे
१५. ३ वर्षिय प्रविन गैरे, त्रिपुरासुन्दरी ७
१६. २९ वर्षिय सुशिला पन्त, त्रिपुरासुन्दरी ७
१७. ९ वर्षिय आयुषा लामिछाने, त्रिपुरासुन्दरी ७
१८. २७ वर्षिय विष्णु पन्त, त्रिपुरासुन्दरी ७