बक्सिङ खेलाडी गणेश प्रधान सम्मानित

Avatar photo
Dhadingpost
बुधबार, पुस २३, २०७६

धादिङ पुस २३ । नेत्रावती डब्जोङ गाउँपालिकाले १३ औं साग खेलकुद प्रतियोगितामा नेपालका लागि रजत पदक दिलाउने स्थानीय गणेश प्रधानलाई सम्मान गरेको छ ।

कुण्डला माध्यामिक विद्यालयमा आयोजित पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहमा गाउँपालिकाले नेपालका लागि पदक विजेता प्रधानलाई नगद १० हजार सहित सम्मान गरेको हो । नेत्रावती डब्जोङ गाउँपालिका थर्र्पुका प्रधानले ८१ केजी तौल समुह (लाईट हेभी) तर्फ नेपालका लागि रजत पदक जितेका थिए

यस अघि सिद्धलेक गाउँपालिकाले सागमा पदक विजेता सोनी गुरुङलाई नगद १ लाख दिएर सम्मान गरेको थियो ।