नेेेेत्रावती डब्जाेङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरु

Avatar photo
Dhadingpost
आइतवार, पुस २०, २०७६

धादिङ पुस २० । धादिङको नेत्रावती डब्जाेङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू भएकाे छ ।

जिल्ला खेलकुद विकास समिति धादिङले पाैष महिना भित्र प्रतियाेगिता गर्न अनुराेध पत्र पठाए सँगै नेत्रावती डब्जाेङ गाउँपालिकाले भव्य समाराेहका बीच आज देखि प्रतियाेगिता सुरु गरेकाे हाे ।

प्रतियाेगिता उद्घाटन गर्दै पालिका प्रमुख दुर्गा कुमार शाक्यले खेलकुद विकासका लागि गाउँपालिकाले विशेष याेजना बनाएर अगाडि बढेकाे बताएका थिए । करिव ३ मिनेट मात्र उद्घाटन मन्तव्य राखेका प्रमुख शाक्यले पालिकाबाट छनाैट भएका खेलाडीले जिल्ला स्तरीय प्रतियाेगितामा भाग लिन पाईने हुँदा उत्साहका साथ खेल प्रदर्शन गर्न आग्रह गरेका थिए ।

यश राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथ्लेष्टिक, कराँते, तेक्वान्दो, उसु, भलिबल, कबड्डी खेलहरु समाबेस गरिए पनि नेत्रावती डब्जाेङ गाउँपालिकाले कराँते, तेक्वान्दो, उसु खेल विधामा खेलाडी सहभागि नभएकाेले खेल नहुने बताईएकाे छ ।

नेत्रवती डब्जाेङ ४ कुण्डला मावि कटुन्जेमा सुरु भएकाे प्रतियाेेगितामा मंगलादेवि मावि मार्पाक, निरन्जनामावि मार्पाक, चाैतारा मावि सेमजाेङ, कुन्डला मावि कटुन्जे र महेन्द्रबाराही मावि कटुन्जेका विद्यार्थीहरु सहभागिता रहेकाे चाैतारा माविका प्र.अ. बेगबहादुर तामाङले बताए ।