अनेरास्ववियूको एकता टुङ्गियो, धादिङबाट ६ जना केन्द्रिय सदस्यमा चयन

Avatar photo
Dhadingpost
शनिबार, पुस १९, २०७६

धादिङ पुस १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनहरुको एकता प्रक्रिया ३३५ जनाको केन्द्रिय समिति बने सँगै टुङ्गिएको छ ।

पूर्व एमाले निकट अनेरास्ववियुबाट संयोजक सहित १८० जना र पूर्व माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) बाट सह संयोजक सहित १५५ जना गरी ३३५ जनाको केन्द्रिय समिति बने सँगै एकता प्रक्रिया शुक्रबार टुङ्गिएको हो ।

अनेरास्ववियूको केन्द्रिय सदस्यमा धादिङबाट ६ जना चयन भएका छन् जसमा पूर्व एमाले निकट अनेरास्ववियुबाट ४ जना र पूर्व माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) बाट २ जना छन् ।

धादिङबाट केन्द्रिय सदस्य हुनेमा पूर्व एमाले निकट अनेरास्ववियुबाट सन्तोष राना क्षेत्री, संजय दुवाडी, सजिना थापामगर, किरण सापकोटा र पूर्व माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) बाट केन्द्रिय सदस्य हुनोन संजिव रेग्मी, बिमल तामाङ छन् ।