
धादिङ पुस १७ । जिल्ला खेलकुद विकास समिति धादिङले राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार पौष मसान्त सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउन सबै पालिकामा पत्र पठाएको थियो ।
माध्यामिक विद्यालय स्तरीय हुने यस प्रतियोगिता धादिङका अन्य गाउँपालिकाले गर्ने तयारी गरिरहे पनि सिद्धलेक गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नगर्ने पत्र जिल्ला खेलकुद विकास समितिलाई पठाएको छ ।
गाउँपालिकाबाट छनौट भई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराईने र जिल्ला प्रदेशमा समेत छनौट भएका खेलाडीहरु केन्द्रमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समाबेस गराउने यो खेलाडी छनौट प्रतियोगितामा सिद्धलेक गाउँपालिका सहभागि नहुने गरि खेलकुदलाई पत्र पठाएको हो ।
जिल्ला खेलकुद विकास समितिलाई पठाएको पत्रमा सिद्धलेक गाउँपालिकाले माघ महिनामा मदन भण्डारी कप आयोजना गरिने हुँदा राष्ट्रपति कप गराउन नसकिने बताएको छ ।
ज्वालामुखि गाउँपालिकाले पुस १६ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरि रहेको छ भने, नेत्रावती डब्जोङ गाउँपालिकाले पुस १९ गतेबाट गर्ने भएको छ ।
यस्तै बेनिघाट रोराङले पुस २९ गते देखि, त्रिपुरासुन्दरी गाउँपालिकाले माघ ३ गते देखि र गंगाजमुना गाउँपालिकाले माघ ९ गतेबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख कृष्णलाल श्रेष्ठले बताए ।