ज्वालामुखिमा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

Avatar photo
नारायण सिलवाल
बुधबार, पुस १६, २०७६

धादिङ पुस १६ । धादिङको ज्वालामुखि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

ज्वालामुखि गाउँपालिकाको आयोजना तथा शमिभन्ज्याङ माध्यामिक विद्यालयको सह आयोजना शमिभन्ज्याङ माध्यामिक विद्यालयमा सुरुभएको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ वटा विद्यालयका १९८ जना छात्रा र १६४ छात्र गरि ३६२ जना विद्यार्थीहरुले भाग लिने छन् ।

बुधबार विशेष समारोहका बीच गाउँपालिका प्रमुख विनोद तिमल्सिनाद्वारा उद्घाटन गरिएको प्रतियोगिता पुस १८ गते सम्म चल्ने शमिभन्ज्याङ माध्यामिक विद्यालयका प्रधानाध्यापक बसन्त श्रेष्ठले बताए ।

प्रतियोगिता उद्घाटन गर्दै पालिका प्रमुख तिमल्सिनाले ज्वालामुखि गाउँपालिकामा विद्यालय स्तरीय खेल उत्सव चलि रहेको छ । आफ्नो गाउँपालिका भित्रका ५ वटा उच्च मावि र ७ वटा मावि गरी १२ वटै विद्यालयको सहभागिता रहेकोमा स्थानिय सरकार खुसी रहेको बताए ।

हामी खेलमैदान होस् या प्रतियोगितामा लगानी बढाई रहेका छौं खलकुद विकास विना समृद्धिको कल्पना समेत गर्न नसकिने बताउँदै प्रमुख तिमल्सिनाले जिल्ला स्तरिय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि योग्य खेलाडी छनौट गरिने समेत बताएका थिए ।

सागमा मेडल विजेता खेलाडीलाई सम्मान गरिने

१३ दक्षिण एशियाली खेलकुद (साग) मा नेपालका लागि स्वर्ण पदक दिलाउने सन्तोषी श्रेष्ठ र आशिष दुवाडीलाई स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रम नगद सहित सम्मान गरिने समेत प्रमुख विनोद तिमल्सिनाले बताएका छन् । गाउँपालिकाले बैठकले निर्णय गरि सकेको छ, उपयुक्त दिनको पर्खाईमा रहेका थियौं, पुस १८ गते खेल समापनको दिन दुई खेलाडीलाई सम्मान गछौं उनले भने ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथ्लेष्टिक, कराँते, तेक्वान्दो, उसु, भलिबल, कबड्डी खेलहरु समाबेस गरिए पनि ज्वालमुखि गाउँपालिकाले कराँते, तेक्वान्दो, उसु खेल विधामा खेलाडीलाई सहभागि नगरिएको गाउँपालिकाका शिक्षा अधिकारि माधव मल्लले जानकारी दिए ।