थाक्रे बामेचौरको एनसेल टावरमा आगजनी

Avatar photo
Dhadingpost
बुधबार, पुस १६, २०७६

धादिङ पुस १६ । धादिङको थाक्रे गाउँपालिका ५ स्थित बामेचौरमा रहेको एनसेल टावरमा मंगलबार राती आगजनी गरिएको छ ।

विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुन सक्ने आसङ्का गरिएको उक्त आगजनीबाट तारहरु र जेनेटर बक्स जलेको प्रहरीले जनाएको छ ।

राती अन्दाजी १२ः३० बजे जुटको बोरामा पेट्रोल हालेर टावर आगजनी गरिएको छ । घटनामा सम्लङ्नलाई खोजी कार्यभई रहेको ईलाका प्रहरी कार्यलय खानिखोलाले जनाएको छ ।

फाईल फोटो