फरार सुचीमा रहेका नलाङका लालबहादुर ३१ वर्ष पछि पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ४, २०७६

धादिङ पुस ४ । प्रहरीको फरार सुचीमा रहेका सिद्धलेक गाउँपालिका २ नलाङका लालबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

जिल्ला अदालतले २०४५ मंसिर २७ गते कुटपिट मुद्धमा ६ महिना कैद सुनाईएका लालबहादुरलाई ३१ वर्ष पछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका ५७ वर्षिय श्रेष्ठ कैद भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी रुपक खड्काले बताए ।

कुटपिट मुद्दामा फरार नलाङका कृष्णबहादुर अर्याल पक्राउ