सांसद डा. रामकुमार अधिकारीद्वारा वजेट विनियोजन (शिर्षक समेत)

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १, २०७६

धादिङ पुस १ । धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले संसद विकास कोषको ३ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

संसद अधिकारीले बढीमा ५० लाख र घटीमा २ लाख ७० हजार खर्च हुने गरि ३ करोड रकम विनियोजन गरेका हुन् ।

विकास निमार्ण अन्तरगत संषद अधिकारीले नेत्रावतीको चरंगे नयाँ छापमा खेल मैदान निमार्णको लागि १२ लाख विनियोजन गरेका छन् भने कतिपय १ भन्दा बढी योजनाहरु मिलाएर एकै शिर्षकमा बजेट विनियोजन गरेका छन् ।

यस्तो छ वजेट बाडफाँड

१. काफलस्वाँसा–अधिकारी गाउँ जवलामुखी १ र माथिल्लो रामपुर जवलामुखी ७ खानेपानी सरसफाई आयोजना ५० लाख
२. आमामायाँ छात्राबास नीलकण्ठ ४ बैकुण्ठ पुरी, पुरेगाउँ सामुदायीक भवन नीलकण्ठ १४, सन्तानेश्वर महादेव मन्दिर निमार्ण नीलकण्ठ ३, दलित समुदायीक भवन, भवनघर नीलकण्ठ २ लाई ५० लाख
३. नेत्रावती डब्जोङ ४ र नीलकण्ठ १३ लाउरेगाउँको बीचको आउती खोला कल्वर्ट ५० लाख
४. जयन्ती डाँडा–पिप्ले–ढलेबर सडक, हाँडी गाउँ कजबे निमार्ण ५० लाख
५. चरंगे नयाँ छाप नेत्रावती डब्जोङ खेल मैदान निमार्ण १२ लाख
६. ज्यामिरे तामाङबस्ती खानेपानी आयोजना नीलकण्ठ ८ मा १२ लाख
७. नागिस्थान सामुदायीक भवन निमार्ण नीलकण्ठ १४ मा १४ लाख
८. माथिल्लो सिम्ले खानेपानी आयोजना नीलकण्ठ २ मा १२ लाख
९. काडो कोल–काप्री टोल सडक विस्तार ज्वालामुखी १० लाख
१०. पल्लो खहरे खोला नियन्त्रण आयोजना १० लाख११. सुर्तङ सिंचाई ट्याङ्की कुलो निमार्ण, फलेते पानी पोखरी निमार्ण सिंचाई, काफलपानी गैरी गाउँ सिंचाई १० लाख
१२. नीलकण्ठ छाप गुरुङ गाउँमा खानेपानी ट्याङकी निमार्ण ११ लाख
१३. लाकुरीबोट आमा सुमुह सामुदायीक भवन निमार्ण ज्वालामुखी १० लाख
१४. जिल्ला समन्वय समिति प्रशासनिक खर्च २ लाख ७० हजार