
धादिङ मंसिर २९ । सिद्धलेक गाउँपालिका–३ स्थित सलाङ आम्कोटमा हत्या भएको २० दिन पछि एक युवतीको शव सेप्टी ट्याङ्कीबाट निकालिएको छ ।
मकवानपुरकी २० वर्षीया अनिशा तामाङलाई बिहे गरेर ल्याएको भोलिपल्ट २३ वर्षीय अर्जुन थापा मगर र उनको आफन्तले हत्या गरि सेप्टी ट्याङ्कीमा लुकाएको हुन सक्ने दावी सहित प्रहरीले पक्राउ गरेको छ ।
अर्जुनले शव लुकाउन ढक्कन उठाउन काका ३२ वर्षीय छवि थापा र आफन्त ४७ वर्षीय इन्द्रबहादुर थापालाई समेत प्रयोग गरेका थिए । पक्राउ परेका ३ जनाबाट अनुसन्धान सुरुगरेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी रुपक खड्काले बताएकाछन् ।