कर छलि गर्नेलाई कार्वाहीको दायरामा ल्याईने -मन्त्री जमकट्टेल

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २८, २०७६

धादिङबेसी मंसिर २८ । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिक राम जमकट्टेलले कर छली गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याईने बताएका छन् ।

धादिङ उद्योग वाणिज्य संघको २६ औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका मन्त्री जम्कट्टेलले व्यवासायीको लगानी सुरक्षाका लागि सरकार प्रतिवद्ध छ, तर कर नतिर्न नपाईने भन्दै कर छली गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याईने बताएका हुन् ।

धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिक राम जमकट्टेलको प्रमुख आतिथ्यिता रहेको थियो ।

यसै गरी नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाल र प्रदेश सांसद डा. रामकुमार अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भिम प्रसाद ढुङगना, उप प्रमुख मनराज भण्डारी, प्रमुख जिल्ला अधिकारी अस्माान तामाङ, प्रहरी उपरीक्षक रविन्द्र रेग्मी , प्रहरी नायब उपरीक्षक रुपक खड्का, नेकपा धादिङका अध्यक्ष नेत्र पौडेल लगायतको आतिथ्यता रहेको थियो ।