शिक्षण विधिलाई प्रयोगात्मक बनाऔं -बुढाथोकी

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २८, २०७६

धादिङबेसी मंसिर २८ । शैक्षिक सुधारको आयामका रुपमा हरप्रयासहरु अपनाउँदै छौं, प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी बताउँछन् ।

निजी विद्यालयको जस्तै शैक्षिक गुणस्तर सरकारी विद्यालयको पनि हुनु पर्ने माग समुदायमा हुनेगरे पनि नीजि विद्यालयहरु त्यसमा पनि प्याब्सन सँग आवद्ध विद्यालयहरुलाई यहि गुणस्तरले अझै पुगेको छैन । अझै शैक्षिक गुणस्तरमा व्यापक सुधार गर्न सदस्य विद्यालयहरुलाई आव्हान गर्दै आएको अध्यक्ष बुढाथोकी बताउँछन् ।

धादिङबेसी स्थित एड्भान्स एकेडेमीको प्रिन्सिपल समेत रहेका बुढाथोकीले एड्भान्समा अध्ययनरत विद्यार्थीहरुलाई नयाँ विधि मार्फत शैक्षिक गुणस्तरको विकासका लागि विभिन्न सूचकहरु बनाएका छन् ।

त्यहि सूचकको आधारमा शिक्षकहरुले विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएका छन् । गएको मंगलबार एड्भान्सका साना कक्षाका नानी/बाबुहरु शिक्षिकाहरु सङ नजिकैको पशुपति मन्दिर आसपास अवलोकन भ्रमणमा निस्किए ।

विद्यालय परिसर भन्दा बाहिर गइ विभिन्न धार्मिक एबम प्राकृतिक स्थलको भ्रमण गर्दै गर्दा विद्यार्थीहरु खुसी देखिन्थे ।

पाठ्य पुस्तकमा चित्रको रुपमा हेरेका र पढेका विषयलाइ अवोलकन गर्दा मनमा उब्जिएका अनेकौ प्रश्न आफ्ना शिक्षकलाइ सोध्न जिज्ञासु देखिन्थे ।

भ्रमणको उदेश्य यतिमा सिमित थिएन, विज्ञान विषय अन्तर्गत विभिन्न प्रकारका बोट बिरुवा र तिनका पातका फरक रुप अध्ययन अवोलकन गर्ने मुल उदेश्य थियो । पशुपति मन्दिर परिसरबाट अलि कति अगाडि बढ्दै गर्दा बाटोमा देखिएका विभिन्न प्रजातिका बोटबिरुवालाई हेर्दै आफुले कक्षामा सिकेको सँग दाँज्ने गर्थे ।

फरक फरक प्रकारका बोट बिरुवा अनि तिनका फरक स्वरुपका पात हेर्दै कुनै पात लामो कुनै छोटो कुनै फराकिलो भन्दै नानीबाबुहरुले पात संकलन समेत गरे। यसरी अवलोकनको सिलशिलामा शिक्षक शिक्षिका सहयोगबाट नानी बाबुहरु केही सिक्दै थिए र सँगै केहि काम गर्न पनि ।

उनीहरुले अवलोकनको अवधिका भेटिएको बोट विरुवाको संकलित पात शिक्षिकहरुको सहयोगमा केही सिर्जनशिल काम गरे । आफुले संकलन गरेको पातबाट पेस्टिङ कार्य गर्दै सुन्दर चित्र, आकृती बनाए र सुक्रबार प्रदर्शनी गरे ।

पाठ्यपुस्तक भित्रका विषयलाई बिभिन्न विधि मार्फत सिक्न र सिकेका विषयलाई दिगो बनाउन सिर्जनशिलता उपयोगी हुने बुढाथोकी बताउँछन् । गुरणस्तर शिक्षा प्रदानका लागि शिक्षण विधि पनि महत्वपूर्ण हो शिक्षण विधिलाई सके सम्म प्रयोगात्मक बनाउनु पर्ने उनको राय छ ।