२० वर्ष पछि सेमजाेङका बेगबहादुर पक्राउ

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २३, २०७६

धादिङ मंसिर २३ । धादिङको नेत्रावती डब्जाेङ गाउँपालिका सेमजाेङका गैराका बेगबहादुर तामाङलाई जिल्ला अदालत धादिङले ज्यान मार्ने उद्योग गरेकाे फैसला भएकाे २० पछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार २०५६ मंसिर २८ गते अदालतले ज्यान मार्ने उद्योग गरेकाे ठहर गर्दै ९ बर्ष ११ महिना ८ दिन कैद ठहरी फैसला गरे सगै उनी फरार थिए ।

तामाङलाई मिति आइतबार पक्राउ गरि कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएकाे छ ।