नवीन भन्छन्, स्वर्ण पदककाे श्रेय ध्रुवगुरु लाई

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २२, २०७६

धादिङ मंसिर २२ । नेपालका लागि १३ औं दक्षिण एशियाली खेलकुद-२०७६ मा स्वर्ण पदक जितेका नवीन रसाइलीले जितकाे श्रेय ध्रुव बिक्रम मल्ललाई दिएका छन् ।

स्वर्ण पदकमा राज्यले नचिनेकाे अन्तर्राष्ट्रिय रेफ्री ध्रुव बिक्रम मल्लको तस्बिर पाेतिएकाे महसुस गरेकाे छुु यदि अाफ्नाे गुरु मल्ल थिएनन् भने आज आफु खेलाडी भयर याे ठाउमा आउने थिईन हाेला । त्यसैले स्वर्ण पदककाे श्रेय ध्रुव गुरु भएको नविनले बताए ।

उनी भन्छन् ध्रुव गुरुकाे भनाइहरुले, उहाँका प्रशिक्षणले गर्दा नै मेरो एउटा सपना पूरा भएको छ । उहाँ बिनाको मेरो स्वर्ण पदक म साेच्न पनि सक्दिन ।

गुरु ध्रुब बिक्रम मल्ल स्मरण गर्दै नविन अझ थप्छन्, हजुरको लाखौं लगानीले मलाई सफल बनायो, हजुरको कराते प्रतिको त्यागले मलाई सफल बनायो, हजुरको उच्च प्रशिक्षणले सफल बनायो, हजुरको म प्रतिको बिश्वासले सफल बनायो मलाइ । अझै धेरै प्रगती गर्नुछ, मलाइ अझै धेरै हजुरको साथ चाहिन्छ अझै धेरै गुरुचेलाको सम्बन्ध लाई अगाडी बधाउनु छ । म हजुरको बिश्वासलाई कहिले पनि टुट्न दिने छैन हजुर बिना म अधुरो छु गुरु ।

धादिङ घर भएका गुरु मल्लले लामाे समय देखि बालाजु डाेजाङ प्रतिष्ठान संचालन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आई रहेका छन् ।