राष्ट्रिय युवा संघ धादिङ ७१ सदस्यीय बन्ने (यस्तो छ भाग बण्डा)

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २१, २०७६

धादिङ मंसिर २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन, राष्ट्रिय युवा संघ धादिङको जिल्ला समिति ७१ सदस्यीय बन्ने भएको छ ।

पूर्व एमाले निकट युवा संघ र पूर्व माओवादी निकट वाईसिएल पुनरगठन भै बनेको राष्ट्रिय युवा संघ धादिङको ३९ र ३२ जना मिलाएर ७१ सदस्यीय जिल्ला समिति बन्ने भएको हो ।

जिल्ला संयोजक दिपक खतिवडा र उप संयोजक राजाराम रिजाल रहने गरि केन्द्रिय समितिले यस अघि नै चयन गरिसके पछि धादिङ पार्टीको नेताहरु सहित बसेको संघको बैठकले पूर्व युवा संघबाट अध्यक्ष सहित ३९ जना र पूर्व वाईसिएलबाट उप संयोजक सहित ३२ जना रहने गरि ७१ सदस्यीय समिति बनाउने निर्णय भएको हो ।

बैठकले १५ सदस्यीय राष्ट्रिय युवा संघ धादिङको जिल्ला सचिवालय बनाउने जसमा पूर्व युवा संघबाट अध्यक्ष सहित ८ जना र पूर्व वाईसिएलबाट उप संयोजक सहित ७ जना रहने रहने समेत निर्णय गरेको छ ।

धादिङका पालिका स्तरीय संघ बनाउने गरि धादिङका १३ वटा गाउँपालिलाई पनि भाग बण्डा गरिएको छ ।

यस्तो छ पालिका भागबन्डा

१. धुनिबेसी नगरपालिका
इन्चार्ज र सह संयोजक– पूर्व वाईसिएल
सह इन्चार्ज र संयोजक– पूर्व युवा संघ
२. थाक्रे गाउँपालिका
इन्चार्ज र सह संयोजक– पूर्व वाईसिएल
सह इन्चार्ज र संयोजक– पूर्व युवा संघ
३. गल्छीे गाउँपालिका
इन्चार्ज र सह संयोजक– पूर्व वाईसिएल
सह इन्चार्ज र संयोजक– पूर्व युवा संघ
४. गजुरी गाउँपालिका
इन्चार्ज र सह संयोजक– पूर्व युवा संघ
सह इन्चार्ज र संयोजक– पूर्व वाईसिएल
५. बेनिघाट रोराङ गाउँपालिका
इन्चार्ज र सह संयोजक– पूर्व युवा संघ
सह इन्चार्ज र संयोजक– पूर्व वाईसिएल
६. सिद्धलेक गाउँपालिका
इन्चार्ज र सह संयोजक– पूर्व युवा संघ
सह इन्चार्ज र संयोजक– पूर्व वाईसिएल
७. निलकण्ठ नगरपालिका
इन्चार्ज र सह संयोजक– पूर्व युवा संघ
सह इन्चार्ज र संयोजक– पूर्व वाईसिएल
८. ज्वालामुखी गाउँपालिका
इन्चार्ज र सह संयोजक– पूर्व युवा संघ
सह इन्चार्ज र संयोजक– पूर्व वाईसिएल
९. नेत्रावती डब्जोङ गाउँपालिका
इन्चार्ज र सह संयोजक– पूर्व वाईसिएल
सह इन्चार्ज र संयोजक– पूर्व युवा संघ
१०. त्रिपुरासुन्दरी गाउँपालिका
इन्चार्ज र सह संयोजक– पूर्व वाईसिएल
सह इन्चार्ज र संयोजक– पूर्व युवा संघ
११. गंगाजमुना गाउँपालिका
इन्चार्ज र सह संयोजक– पूर्व युवा संघ
सह इन्चार्ज र संयोजक– पूर्व वाईसिएल
१२. खनियाँबास गाउँपालिका
इन्चार्ज र सह संयोजक– पूर्व युवा संघ
सह इन्चार्ज र संयोजक– पूर्व वाईसिएल
१३. गंगाजमुना गाउँपालिका
इन्चार्ज र सह संयोजक – पूर्व वाईसिएल
सह इन्चार्ज र संयोजक– पूर्व युवा संघ