गजुरीमा पानी सुरक्षा योजना तालिम सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २०, २०७६

धादिङ मंसिर २० । धादिङको गजुरी गाउँपालिका २ मलेखुमा दिगो खानेपानी आयोजनको मुख्य अंगको रुपमा रहेको पानी सुरक्षा योजनाको तालिम सम्पन्न भएको छ ।

प्रयास नेपाल धादिङ अक्सफामको साझेदारीमा संन्चालित पूर्णिमा परियोजना अन्तर्गत चौथो चरणमा निर्माण हुने बेलिनिटार, शेरावेशी, परेवाटार, पिडा र बज्रकोट खानेपानी तथा सरसफाई आयोजनाका पानी सुरक्षा टोलिका पदाधिकारीहरु दिईएको पानी सुरक्षा योजना तालिम शुक्रबार सम्पन्न भएको हो ।

पानी सुरक्षा योजना दिगोपना र गुणस्तर कायम राख्न जलाधार क्षेत्र देखि मुहान सम्म सुरक्षित खानेपानी आपूर्ति गर्ने आउने जोखिम, जोखिमको बिश्लेशन तथा निराकरणका उपायका बारेमा तालिममा सहजिकण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

निर्देशक अर्यालका अनुसार तालिम कै क्रममा सहभागीहरुलाई गैडाकोट नगरपालिका १५ मा रहेको अमराबती खानेपानी तथा सरसफाई आयोजनाको स्थलगत अनुगमन भम्रण तथा उपभोक्ता समितिसँग त्यहाँ भएका राम्रा अभ्यासहरु तथा सिकाईको अन्तरक्रिया गरिएको थियो ।

५ वटा खानेपानी उपभोक्ता समितिका २८ जनाको सहभागीता रहेको तालिममा खानेपानीको गुणस्तर जाँच गर्ने सिप प्रदान गर्नुका साथै गुणस्तर जाँच गर्ने किट समेत हस्तान्त्रण गरिएको थियो ।

३ दिन सम्म संचालित पानी सुरक्षा योजना तालिमको सहजिकरण संस्थाका कार्यकारी निर्देशक दामोदर अर्याल ईन्जीनियर अन्जन अधिकारी जनस्वास्थ सहायक ईन्जीनियर धिरज भण्डारी,जुनेश जंगसाह जनस्वास्थ साहयक हेमराज महरा,गोबिन्द बिडारी तथा लजिष्टक अधिकृत रेनुका रुपाखेती लगायतले गरेका थिए ।