पुजारी काम्न थाले पछि धादिङको भैरवी मन्दिरमा दोस्रो क्षमा पुजा

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १९, २०७६

धादिङ मंसिर १९ । धादिङ पुरानो सदरमुका रहेको सुनौलाबजार स्थित आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्यका रुपमा विकास हुँदै गरेको ऐतिहासिक भैरवी मन्दिरमा क्षमा पुजा गरिएको छ ।

भुकम्पले भत्किएको मन्दिर ११ करोडको डीपीआर पछि पुन: निमार्ण सुरु भएको यस भैरबी मन्दिरमा गरिएको क्षमा पुजा यो दोस्रो हो ।

कार्तिक ९ गतेबाट निमार्ण कार्य सुरु गर्दा मन्दिरको पुजारी कुल बहादुर रानालाई सपनामा भैरव तथा भैरवी आइ झस्काउने गरेको र पुजारी राना निरन्तर कामी रहने गरेकोले विहिबार दोस्रो क्षमा पुजा गरिएको बताईएको छ ।

यस अघि कार्तिक ९ गते भैरवी मन्दिर नजिकै सडक निमार्णको क्रममा एक्साभेटरले काम गर्न छाडे पछि पहिलो क्षेमा पुजा गरिएको स्थानीयहरुले बताए ।

भैरवी मन्दिर संरक्षण समितिका अध्यक्ष ध्रुब श्रेष्ठबाट क्षमा पुजा सम्पन्न गरिएको पुजामा ७ जना ब्राह्मणले पाठगरी देवी र भैरवको लागि बलि चढाएर क्षमा पुजा गरीएको हो ।

मन्दिरमा पर्खाल भत्काउने क्रममा नयाँ मन्दिरको उत्पती भएको छ । त्यस उत्पति भएको मन्दिरमा सेती नाग र पाच वटा कन्याहरुको उत्पती भएको मन्दिर संरक्षण समितिका अध्यक्ष ध्रुब श्रेष्ठले बताए ।