
धादिङ मंसिर १८ । धादिङका संघीय सांसद भुमि त्रिपाठीले संघीय विकास कोषको ६ करोड रुपैया विकासका लागि विनियोजन गरेका छन् ।
स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत धादिङ जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद त्रिपाठी ५ लाख ४० हजार देखि ९९ लाख सम्म पर्नेगरी ६ करोड रुपैया विनियोजन गरेका हुन् ।
विनियोजित रकममा सबै भन्दा कम जिल्ला समन्वय समितिको प्रशासनिक खर्चको लागि ५ लाख ४० हजार र सबै भन्दा बढी रकम सिद्धलेक ३ र ४ को खिनबहादुर थापा मार्ग बङचुङ–आरुवास–भेडावारी–मैदान–कमलवारी सडक स्तरोन्नतीकलाई ९९ लाख र गजुरी माने भञ्ज्याङ–देउराली सडक स्तरोन्नतीको लागि ९९ लाख रुपैया रहेको छ ।
यी हुन् विनियोजित रकम र योजनाहरुः
