कमिटि बन्यो, अब काम गर्नोस –पौडेल

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १७, २०७६

प्रेम बहादुर तामाङ
धादिङ खनियाबास मंसिर १७ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला अध्यक्ष नेत्र पौडेलले स्थानीय तहमा कमिटी बन्यो अब काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

खनियाबास गाउँपालिकामा चयन भएका गाउँकमिटीलाई सफथ खुवाउन पुगेका अध्यक्ष पौडेलले न एमाले छ, न माओवादी केन्द्र, अब नेकपा छ, नेकपाको कार्यकर्ता बन्नु भएको छ सरकारलाई सहयोग पुग्ने गरि पार्टीको काम गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सपथ ग्रहण वडा नं १ को वडा अध्यक्षमा दिपेश तामाङ, सचिवमा सुनबहादुर तामाङ सहित २९ जना, वडा नं. २ को वडा अध्यक्षमा प्रेमबहादुर तामाङ, सचिवममा जीतबहादुर तामाङ, सहित २९ जना, वडा नं. ३ को अध्यक्षमा अशमान तामाङ, सचिवमा दमबहादुर तामाङ सहित २९ जना गरी जम्मा १ सय ४५ जना वडा सदस्यहरुले सपथ लिएको छन् । यस्तै ७५ जना गाउँ पालिका स्तरीय समितिलाई गराइएको थियो ।

फुरबहादुर तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सचिव विजय बुर्लाकोटी, जिल्ला सदस्यहरु यौवन तामाङ, सेकेमान तामाङ, बीरबहादुर तामाङ, सुरज लामा लगायतको आतिथ्यता रहेको थियो ।