अरुघाटबासीको मसाल जुलुस

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १७, २०७६

धादिङबेसी मंसिर १७ । सोमबार दिनभर बन्द रहेको आरुघाटबजारमा साँझ मसाल जुलुस देखा पर्यो ।

बुढीगण्डकी आयोजनाले कम मुआब्जा रकम तोकेको विरोधमा उत्रिएका आरुघाटबासीले दिनभर बजार बन्द गरे भने साँझ मसाल जुलुस गरेका हुन् ।

२५ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण हुनुपर्ने माग स्थानियले गर्दै आईरहेका थिए तर मुअब्जा निर्धारण समितिले आनाको अधिकतम ७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलन तोकिएको मुअब्जा रकम नबढाए सम्म जारी रहने आरुघाट र यस क्षेत्र आसपासका स्थानीयले बताउँदै मंगलबार पनि यस क्षेत्र बन्द गर्ने तयारी गरेका छन् । (तस्वीरः जितेन श्रेष्ठ)