
धादिङ मंसिर १६ । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत पर्ने कुम्पुरको परेवाटारमा २१ करोड दिप प्रज्वलन हुने भएको छ ।
परेवाटारमा बिश्वकै पहिलो भागवत धाम सहित चार धाम निर्माणका लागि गरिने भावगतको अवसरमा २१ करोड दिप प्रज्वलन गरिन लागेको हो ।
“दान गरौँ, मनले गरौँ स्वच्छाएले गरौँ, यसपालि दान अबश्य गरौँ”, “सकै सात दिन जाऔँ, नसके एक दिन अबश्य जानै पर्ने ठाउँ” भन्ने मुल मन्त्रको साथ मंसिर १९ गते देखि हुन लागेको भागवतको कथा वाचन बाल तपस्वि पण्डित श्री उततम भट्ट महाराजले गर्ने छन् ।