धादिङ मंसिर १६ । प्रदेश ३ का भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अनुदान लिएर काम नगर्ने किसानलाई कानुनी कार्वाही गरिने बताएका छन् ।
कृषि ज्ञान केन्द्र र जिल्ला भेटिरिनरी अस्पताल धादिङका कर्मचारी सँग छलफल गर्न आईतबार धादिङबेसी आईपुगेका मन्त्री लामाले कागजी प्रक्रिया पुरा गरि अनुदान लिई काम नगर्ने कृषि संस्था, फर्म वा किसान सबैलाई कानुनी कार्वाही हुने बताएका हुन् ।
काम गर्ने किसानका लागि प्रदेश सरकारले कृषि औजार देखि लगानी समेत अनुदानमा उपलब्ध गराउने नीति बनाई सकेको सन्देश किसान सम्म पुर्याउन स्थानिय तहलाई आव्हान समेत गरिएको मन्त्री लामाले बताए ।
कर्ममचारी सँग छलफल गरे सँगै मन्त्री लामाले कर्मचारीलाई कडा निर्देशन दिएको छु अहिले नै देखि सेवा प्रवाहचुस्त दुरुस्त हुने बताएका थिए ।