रेडक्रस सर्कलद्वारा एड्स दिवस विशेष वतृत्वकला

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १६, २०७६

धादिङ मंसिर १६ । विश्व एड्स दिवस २०१९ को अवसरमा धादिङबेसी स्थित युवा रेडक्रस सर्कल एड्भान्स एकेडेमीले कक्षागत रूपमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

आईतबार भएको उक्त प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट वक्ताको रूपमा कक्षा ६ बाट विकास लम्साल, कक्षा ७ बाट इज्जत दनै, कक्षा ८ बाट राजीव त्रिपाठी, कक्षा ९ बाट भूमिका बानियाँ र कक्षा १० बाट अवनिश गिरी प्रथम भएका थिए ।

विश्व एड्स दिवसको अवसरमा यस विद्यालयले हरेक वर्ष यस्तै विविध गतिविधिहरू सञ्चालन गरी मनाउँदै आइरहेको एड्भान्स एकेडेमीका एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठले धादिङपोष्टलाई बताए ।