धादिङमा ग्रासरुट्स फुटबल सुरु (फोटो फिचर)

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १४, २०७६

धादिङ मंसिर १४ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेलकुद मैदानमा शनिवार (आज) देखि एन्फा ग्रासरुट्स लिग फुटबल प्रतियोगिता सुरुभएको छ ।

मदन भण्डारी स्पोर्ट क्लव धादिङका अध्यक्ष एवम् फुटबल संघ धादिङका वरिष्ठ उपाध्यक्ष रमेश अधिकारीले गदौलीमा एन्फा ग्रासरुट्स लिग फुटबल उद्घाटन गरे सँगै प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका अधिकारीले खेलाडीका लागी धादिङ उर्भर भुमी हो । हामीलाई स्थानिय तहका जनप्रतिनीधिहरुले सहयोग गरे अबको केहि वर्ष भित्रमा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा धादिङ सँगै नेपालको नाम राख्न सक्ने खेलाडी उत्पादन गर्ने बताएका छन् ।

हामी सबै विधाका खेलाडीहरु उत्पादन उत्पादन गरि रहेका छौं । अहिले ग्रासरुट्स फुटबल प्रतियोगिता पनि खेलाडी उत्पादन कै लागि सुरुगरिएको बताउँदै जिल्लाका सबै विद्यालयहरुलाई सहभागिता जनाउन उनले अनुरोध गरेका थिए ।

गदौदीमा जारी यस ग्रासरुट्स लिग फुटबल प्रतियोगितामा १० वर्ष उमेर समुहमा ८ ठिम र १३ वर्ष उमेर समुहका ८ टिमले सहभागिता जनाएको फुटबल संघ धादिङ महासचिव रामहरि थापाले धादिङपोष्टलाई बताए ।

उत्तरी धादिङलाई समेटर सल्यानटार र मध्य धादिङलाई समेटेर धादिङबेसीमा ग्रासरुट्स लिग फुटबल प्रतियोगिता हुने महासचिव थापाले बताए ।

प्रत्येक क्षेत्रबाट छनौट हुँदै आएका २२ टिम गरी ६ टिम बीच जिल्ला स्तरीय प्रतियोगिता हुने र जिल्ला छनौट भएको टिमले प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने समेत उनले बताए ।