आरुवासका किसानलाई बाख्रा उपहार

Avatar photo
Dhadingpost
बुधबार, मंसिर ११, २०७६

धादिङ मंसिर ११ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर २ आरुवासमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ, बोहार फाउन्डेसन, हेफर ईन्टरनेशनल नेपाल, सिद्धलेक गाउँपालिकाको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत आज ४१ जनालाई बाख्रा उपहार गरीएको हो ।

चन्द्रज्योति स्वालम्बी महिला समुहले कालिका र रक्तकालि स्वबलम्बी महिला समुहका सदस्यहरुलाई २/२ ओटा बाख्रा वितरण गरिएको थियाे । बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरीएको थियो ।