सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ९, २०७६

धादिङ मंसिर ९ । प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रामेश्वर सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत धादिङ २०७५ बैशाख २५ गतेको फैसला गरि २ वर्ष कैद सजायँ सुनाईएका धादिङको गजुरी गाउँपालिका ५ का रामेश्वर सुवेदीलाई प्रहरीले आईतबार पक्राउ गरेको हो ।

प्रतिवादी सुवेदीलाई अदालत पेश गरि कैद भुक्तानको लागि कारागार कार्यालय धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सरोज राईले जानकारी दिए ।